Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सरकारले जारी गरेको निषेधाज्ञा तोड्ने प्रतिपक्ष दल कांग्रेसको चेतावनी

Loading

काठमाडौ,असार ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपत्यकाका तीन जिल्लामा सरकारले गरेको निषेधाज्ञा तोड्ने चेतावनी दिएको छ । सरकारले आगामी साउन १ गतेबाट लागू गर्न गइरहेको निषेधाज्ञा उचित समयमा तोडिने प्रतिपक्षी कांग्रेसले चेतावनी दिएको हो । कांग्रेसले विरोध प्रदर्शनका लागि निश्चित स्थान तोक्ने सरकारको नियतमा खोट रहेको टिप्पणी गरेको छ । उसले सरकारलाई नेपाल कुनै उत्तर कोरिया नभएको टिप्पणी गर्दै अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विट्जरल्याण्ड र जापानमा सरकारको नाकै अगाडि विरोध प्रदर्शन गर्न पाइने व्यवस्था रहेको स्मरण गराएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार अपरान्ह ट्विट गर्दै भनेका छन्ः‘निषेधाज्ञा उचित समयमा तोडिनेछ, अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विट्जरल्याण्ड या जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ तर सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउँछु यो उत्तर कोरिया होइन नेपाल हो, निर्णयको नियतमा खोट छ ।’
सरकारले बिहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर विरोध प्रदर्शनका लागि निश्चित स्थान तोकेको थियो । विरोध प्रदर्शनका लागि सरकारले काठमाडौंमा ७, ललितपुरमा ६ र भक्तपुरमा एउटा स्थान तोकेको छ । जसअनुसार काठमाडौंको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्दको खुला क्षेत्रमा मात्रै विरोध प्रदर्शन गर्न पाइने छ ।
त्यसैगरी ललितपुरका च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभु लामाटार र भक्तपुरको सल्लाघारी खुला मैदानलाई पनि विरोध प्रदर्शनका लागि तोकिएको छ । तोकिएका स्थानबारे अन्यत्र प्रदर्शन गरे कारबाही गरिने गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed