![]()
एजेन्सी । बिश्वकप फुटबल अन्तर्गत बुधवार राती बहुप्रतिक्षित ब्राजिल र सर्बियाको खेल हुँदैछ । शानदार लयमा रहेको ब्राजिलले सर्बियालाई सहजै हराउने क्षमता बोकेको छ । सर्बियाई अघिल्लो चरणमा पुग्न आजको जित अपरिहार्य भएकोले उसले आफनो सम्पूर्ण तागत लगाउने निश्चित छ ।
मस्कोको स्पार्टक रंगशालामा हुने खेलमा सर्विया जित निकाल्नै पर्ने अवस्थामा छ। स्विट्जरल्यान्ड विरुद्धको खेलमा अन्तिम समयमा गोल खाएपछि सर्विया २–१ गोलले स्तब्ध बनेको थियो। पाँच पटकको विश्वविजेता ब्राजिललाई पराजित गर्नु पर्ने अवस्थामा रहेको सर्विया दबावमा हुनेछ।
अघिल्लो चरणमा पुग्न बराबारी प्रयाप्त हुने ब्राजिलियन टिममा विंगर डाउलास कोस्टा उपलब्ध हुने छैनन्। उनी कोस्टारिका विरुद्धको खेलमा घाइते भएका थिए। अघिल्ला खेलमा ब्राजिलले रणनीति अनुसार खेल्न सकेको थिएन। त्यसलै सर्विया विरुद्ध टिममा परिवर्तन हुन सक्नेछ।


