Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नेपालीलाई नलिनाले झुमाइन् जापानमा………….

Loading

टोकियो,बैशाख ।
जापानमा आयोजना भएको‘साकुरा नाइट २’मा उपस्थित दर्शकलाई चर्चित कलाकारहरुले झुमाएका छन् । गायिका नलिना चित्रकारले श्री गायत्री मन्त्री उच्चारण गर्दै स्टेजमा प्रवेश गर्दा दर्शकले उनलाई ताली बजाएर स्वागत गरे । गायिका चित्रकार चौध बर्षपछि दोश्रो पटक कार्यक्रम लिएर जापान पुगेकी थिइन् ।
सूर्य कर्पोरेशन र गृष्मा इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा बुधबार नाकानो जिरो हलमा सम्पन्न कार्यक्रममा सुमुधुर स्वरीकी धनी गायिका चित्रकारले गायत्री मन्त्र सकिन नपाउँदै दर्शकको अनुरोधमा आफ्नो चर्चित गीत‘पानी पानी भयो मेरो मन पनि’ गाउँदा युवायुवतीहरुले उनकै लयमा ताली बजाउँदै गाउन थाले ।
गोल्डेन वीकको अवसर पारी मानवसेवा आश्रम सहयोगार्थ आयोजना गरिएको कार्यक्रमममा उद्घोषक नरेश भट्टराईको आकर्षक प्रस्तुतीदेखि जापानमै रहेका नृत्याङ्गना रोशनी थापामगर, लक्ष्मी के.सी र राजेश के.सीसम्मको आकर्षक नृत्यले कार्यक्रममा उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रममा युवाहरुको ढुकढुकी चर्चित गायक प्रमोद खरेलको उपस्थिती नभएपछि टोकियोमा रहेका गायक खरेलका फ्यान र आयोजकबीच कार्यक्रममै केहीबेर तनाब सिर्जना भयो । युवायुवतीको बाक्लो उपस्थिती रहेको त्यो भीडलाई सम्हाल्न आयोजकलाई केहीबेर असहज बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.