Breaking News.... EverestOnlineKhabar
October 3, 2026

चीनले यसरी विस्तार गर्दैछ वातावरणमैत्री रेल सञ्जाल

Loading

एजेन्सी,असार ।
उत्तरको छिमेकी मुलुक चीनले चालकबिहीन वातावरणमैत्री रेल सेवाको तीव्र विस्तार गरिरहेको छ । झोङटाङ स्काई रेल्वे ग्रुप कम्पनी लिमिटेडले निर्माण गरेको उक्त रेल सेवा गत सेप्टेम्बर ३०, २०१६ मै सफल परीक्षण गरिएको थियो ।
चीनको सिचुवान प्रान्तको विदेश मामिला कार्यालयको आयोजनामा यहाँको भ्रमणमा रहेको नेपाली पत्रकार टोलीलाई स्काई रेल्वे ग्रुपका उपप्रमुख एवं प्रमुख इञ्जिनियरिङ वार्डका वाङ काईले पहिलो चरणमा तीन हजार किलोमिटर रेलवे विस्तार गर्न सम्भाव्यता अध्ययनको काम भइरहेको जानकारी दिए ।
प्रतिकिलोमिटर लागत १५ करोड आरएमबी (चिनियाँ मुद्रा) रहेको उक्त रेल सेवा नियो इनर्जी ब्याट्रीबाट चल्ने विश्वकै पहिलो रेल सेवा भएको उनले जानकारी दिए । सडकमाथि केबुलकार जस्तै झुन्डिएर चल्ने उक्त रेल सेवा जमिनमा कुद्नेभन्दा निकै सस्तो लागतमा तयार हुनेछ । उक्त रेल निकै सुरक्षित, सुविधाजनक र सस्तो हुने इञ्जिनियर काईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed