![]()
काठमाडौँ ।बिभिन्न दलका सांसदहरुले सुनकाण्डका नाइकेहरुलाई कारवाही गर्न माग गरेका छन । बिभिन्न मन्त्रालयको बिनियोजन बिधेयकमाथिको छलफलमा भाग लिदै उनीहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।
छलफलमा सांसदहरु रामबहादुर विष्ट, सरलाकुमारी यादव, नरबहादुर धामी, पद्म गिरी, कृष्णप्रसाद दाहाल, विमला विक, राजेन्द्र लिङदेन, मनकुमारी जिसी र दुर्गाकुमारी विश्वकर्माले भाग लिएका थिए ।


