![]()
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको अनावरण गर्नुहुँदै नेता नेपालले विकास र समृद्धिका लागि कोही सत्तापक्ष र कोही विपक्षी हुनु आवश्यक नभएको बताउनुभयो ।
नेता नेपालले निरंकुशतावादी शक्तिको पराजयका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति एकजुट भएर लडेको स्मरण गर्दै उहाँले पुष्पलालले देखाएको बाटोमा अहिले नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको र यसबाट नेपाललाई समाजवादसम्म सहजै पु¥याउन सकिने बताउनुभयो । नेपाल अब समृद्धितर्फ लाग्ने भन्दै उहाँले गतिशील भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
नेकपाका नेता सुरेन्द्र पाण्डेले देशमा उत्पादन बढाएर समाजवादतर्फ जानुपर्ने भन्दै हिजोका कतिपय मान्यता अहिले बाधक बनेको बताउनुभयो ।सांसद कृष्णभक्त पोखरेल र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पुष्पलालले देखाएकै बाटोका कारण आज देशमा यो उपलब्धि हासिल भएको भन्दै यसलाई संस्थागत गरी समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताउनुभयो ।


