Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

एजेन्सी ।कप्तान ह्यारी केनको प्रभावशाली प्रदर्शनप्रेरित इङ्ल्यान्डले गत साता ट्युनिसियालई पराजित गर्दै १२ वर्षपछि प्रमुख प्रतियोगिताको पहिलो खेल जित्ने खडेरी तोडेको थियो । आइतबार दोस्रो खेलमा पानामाको सामना गर्दा इङ्ल्यान्ड समूहचरणबाट माथि उठ्ने सम्भावना बलियो पार्नुका साथै समूह ‘एफ’को विजेताको दाबेदारीसमेत बलियो पार्न चाहन्छ।

इङ्लिस प्रिमियर लिगको दुई पटकका गोल्डेन बुट विजेता केनले उक्त गोलसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल खडेरी तोड्दै आफ्नो क्षमताबारे आलोचना गर्नेलाई गतिलो जबाफ दिएका थिए । साथै केन २८ वर्षपछि विश्वकपमा इङ्ल्यान्डका लागि एकै खेलमा दोहोरो गोल गर्ने पहिलो खेलाडी बनेका थिए । यसअघि १९९० मा ग्यारी लिंकरले इङ्ल्यान्डका लागि एकै खेलमा दुई गोल गरेका थिए।

केन लयमा देखिए पनि अन्य खेलाडीले भने पाएका सहज अवसरलाई समेत सदुपयोग गर्न नसक्नु इङ्ल्यान्ड टोलीका लागि चिन्ता बनेको छ । ट्युनिसियाविरुद्धको खेलको पहिलो हाफमा रहिम स्टर्लिङ र जेसे लिंगार्डले पाएका केही सहज अवसरमा गोल गर्न चुकेका थिए ।

बिहीबार इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले तयार पारेको टोलीको रणनीतिको ‘नोट’ र सहायक प्रशिक्षक स्टिभ होल्यान्डले लिइरहेको तस्बिर सार्वजनिक भएको थियो । उक्त नोटमा स्टर्लिङको स्थानमा मार्कुस रसफोर्ड र डिले अलीको स्थानमा रुबेन ओफ्टस–चेकलाई खेलाइने उल्लेख गरिएको छ । अली पहिलो खेलमा तिघ्राको चोटका कारण मैदानबाट बाहिरिएका थिए ।

समूह ‘जी’ मा ३ अंक जोडेको बेल्जियम शीर्ष स्थानमा छ भने समान ३ अंक जोडेको इङ्ल्यान्ड गोलअन्तरमा दोस्रो स्थानमा छ । अंकविहीन ट्युनिसिया र पानामा तेस्रो र चौथो स्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed