Breaking News.... EverestOnlineKhabar
June 28, 2026

राष्ट्रपति ट्रम्प आप्रवासी नीतिबाट पछि हटे

Loading

एजेन्सी,असार ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् । आप्रवासीलाई उनीहरुका बच्चासँग अलग गराउने नीतिको सर्वत्र आलोचना भएपछि ट्रम्पले उक्त कदम फिर्ता लिएका हुन् । अब आप्रवासीका बच्चा उनकै परिवारसँग रहन दिने बाचा गर्दै ट्रम्पले एक आदेशमा हस्ताक्षर गरेका छन् ।
अवैध आप्रवासी परिवारलाई एकसाथ हिरासतमा लिइने पनि जनाइएको छ । तर आमाबाबुलाई हिरासतमा लिँदा बच्चालाई गलत प्रभाव पर्ने देखिएमा भने अलग्गै राखिने छ ।बाबुआमासँग बिछोड भएका बच्चाको तस्वीरले आफूलाई बिचलित बनाएकाले पूर्व आदेश रद्द गर्न आदेश दिएको तर्क ट्रम्पले गरेका छन् ।
आफ्नी पत्नी मेलानिया र छोरी इभान्का पनि बाबुआमासँग बच्चालाई अलग नगर्ने पक्षमै रहेको उनले उल्लेख गरेका छन् ।
५ मे देखि ९ जूनसम्ममा २ हजार ३ सय भन्दा बढी बालबालिकालाई अलग गरिएपछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो । अमेरिकी सीमामा अवैध ढंगले प्रवेश गर्नेमाथि आपराधिक मुद्दा लगाएर जेल हाल्ने कानूनका कारण अमेरिकामै पनि विवाद बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.