Breaking News.... EverestOnlineKhabar
June 28, 2026

काठमाडौं र ललितपुर एक साथ बजार अनुगमनः ७ वटा पसलका सञ्चालक नियन्त्रणमा

Loading

काठमाडौ,असार ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उपभोक्तामाथि खेलवाड गरेर ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति विभागले बजार अनुगमन गरी केही व्यापारीलाई नियन्त्रणमा लिएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले उपभोक्तामाथि ठगी गर्नेहरु सबैलाई कारबाही गरिने बताएका हुन्।
विभागले व्यापारीहरु पक्राउ गरेर ल्याएपछि त्यसबारे बुझ्न विभाग पुगेका मन्त्री यादव ठूला सपिङ मलमा अनुगमन नभएकोप्रति असन्तुष्ट देखिए। उनले ठूला सपिङमलहरुमा पनि अनुगमन गरिने र लापरवाही गरेको पाइए नछाडिने बताए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार विभागबाट खटिएको विशेष अनुगमन टोलीले काठमाडौं र ललितपुरका २५ वटा थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा मूल्यसूची नभएको, सामानमा अधिकतम खुद्रा मूल्य उल्लेख नभएको र ठूलो मात्रामा म्याद गुज्रेका सामान फेला परेपछि टोलीले बालकुमारीका तीन ठूला गोदाममा सिलबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
बालकुमारीस्थित बंगलामुखी ट्रेडर्स, तिमिल्सिना किराना खाद्य स्टोर र पञ्च स्टोरलाई सिल गरी सञ्चालकलाई नियन्त्रणमा लिइएको विभागले जनाएको छ। विभागले काठमाडौंका ४ र ललितपुरका ३ गरी ७ वटा पसलका सञ्चालकलाई थप अनुसन्धानका लागि काठमाडौं र ललितपुर जिल्ला प्रहरीमा बुझाएको छ।
टोलीले भाटभटेनी सुपर मार्केट कलंकी, पञ्चस्टोर बालकुमारी, देव स्टोर घट्टेकुलो, शान्तिनगर सपिङ सेन्टर, कार्की स्टोर जोरपाटी, शिवज्योति टे«डर्स कालिमाटी लगायत २५ वटा थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.