Breaking News.... EverestOnlineKhabar
October 3, 2026

चीनीयाँ रेल काठमाडौं पुर्‍याउन चीन सहमत तर लगानीको टुंगो लागेन

Loading

काठमाडौ,असार ।
उत्तरी रेल काठमाडौं पुर्‍याउने विषयमा चीन र नेपाल सैद्धान्तिक रूपमा सहमत भएका छन् । तर, लगानी कसको हुने भन्ने विषयमा टुंगो लागेको छैन् । चीन भ्रमणको दोस्रो दिन बुधबार प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटमा रेलको विषयमा पनि संवाद भएको थियो । तर, लगानी कसको भन्ने विषयमा टुंगो लागेको छैन ।
रेल काठमाडौं पुर्‍याउन चीन सहमत छ । प्रधानमन्त्री ओलीसँगको भेटमा राष्ट्रपति सीले भनेः‘बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म पुगिसकेको छ । काठडमाडौं टाढा छैन, के गर्नुपर्छ, छलफल गर्न चीन तयार छ ।’ रेल काठमाडौं पुर्‍याउन चीनले सम्पूर्ण रूपमा अनुदान नदिने उनको भनाइले संकेत गरेको छ ।
त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि रेल काठमाडौं पुर्‍याउन चीन सहमत भएको स्पष्ट पारेका छन्, तर लगानी कसको भन्ने विषयमा उनी आफैँ पनि अस्पष्ट छन् । मन्त्री ज्ञवालीका अनुसार रेलको पूर्व सम्भाव्यता अध्ययन अगस्टमा सक्नेगरी समझदारी हुँदै छ । त्यसपछिको डेढ वर्षमा डिपिआर तयार गर्ने र पाँच वर्षभित्र रेल काठमाडौं ल्याउने तयारी छ ।
नेपालले लिएको एक चीननीति स्वागतयोग्य छ । नेपालको राष्ट्रिय स्वतन्त्रताका लागि सहयोग रहन्छ । आफ्नो राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताका लागि लिने नीति तथा सामाजिक प्रणाली तथा विकासको बाटोमा नेपालको स्वतन्त्र नीतिको लागि चीन साथमा रहनेछ ।
नेपाली उत्पादन खासगरी हिमाली क्षेत्रमा उत्पादित जडीबुटीलाई चिनियाँ बजारमा पहुँच दिन्छौँ । आगामी नोभेम्बरमा हुने संघाई इम्पोर्ट एक्स्पोमा नेपाली उत्पादनलाई पहुँच दिन सहयोग रहन्छ । हिमाली क्षेत्र मिलाएर विशेष आर्थिक क्षेत्र बनाउन सकिन्छ । साथै स्वतन्त्र व्यापारसम्बन्धी अध्ययनलाई छिटै टुंग्याएर कार्यान्वयनमा जान सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed