Breaking News.... EverestOnlineKhabar
May 12, 2026

निर्वाचन आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह दिँदै

Loading

काठमाडौ,२२ बैशाख ।
निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवार भएकाहरुलाई शुक्रबार चुनाव चिह्न दिने भएको छ । बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । चुनाव चिह्न दिनु अघि आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।
आयोगले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरु दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गर्ने छ । यसैबीच यही वैशाख १९ गते भएको मनोनयन दर्ता कार्यक्रममा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार २ सय सात जनाले मनोनयन दर्ता गराएको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.