Breaking News.... EverestOnlineKhabar
October 2, 2026

उपत्यकाको ट्राफिक व्यवस्थापन ‘ड्रोन’ बाटै गर्ने तयारी

Loading

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब ‘ड्रोन’ बाटै काठमाडौंको ट्राफिक व्यवस्थापनको अनुगमन गर्ने तयारी गरेको छ । सीसीटीभीको प्रयोगसंगै सवारी व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन ड्रोन प्रयोग गर्ने सोचमा महाशाखा पुगेको हो ।

सीसीटीभी क्यामेरामा कैद गरिएका दृश्यका आधारमा महाशाखाले त्यस्ता चालक र सवारीलाई कारवाही प्रक्रिया भने अगाडि बढाइसकेको छ । महाशाखाले ट्राफिक नभएको बेला लेन मिच्ने लगायतका निमय उल्लंघन गरेका ९ हजार बढी व्यक्तिलार्ई सीसीटीभीकै फुटेजका आधारमा कारवाही गरिसकेको छ ।

उपत्यकाका विभिन्न स्थानमा जडान भएको सीसीटीभी र तिनै क्यामेराबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ट्राफिक महाशाखाले नियम मिच्नेको अनुगमन गरिरहेको महाशाखाले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed