Breaking News.... EverestOnlineKhabar
August 17, 2026

देउवा सामन्ती र सर्वसत्तवादी सोचबाट ग्रसित  : अर्जुननरसिंह केसी

Loading

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री अर्जुननरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवा सामन्ती र सर्वसत्तावादी सोचबाट ग्रसित भएको आरोप लगाएका छन ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेकाले पार्टी लथालिङ्ग अवस्थामा पुगेको बताए ।

उनले भने, ‘ काँग्रेसको विधान संघीय स्वरुपमा संशोधन गरी महाधिवेशन गराउने कार्यमा तत्काल अगाडि बढ्नुपर्छ । ’

नेता केसीले बर्तमान सरकार अधिनायकवाद शैलीमा अघि बढेको तर्क गर्दै सञ्चारमाध्यममा प्रश्न सोध्दा कार्यक्रम नै बन्द गर्नु, मूल्य विरोधको कार्यक्रम गर्दा पार्टी कार्यालयभित्र प्रहरी प्रवेश गरी काँग्रेस कार्यकर्ता नियन्त्रण गर्नु लगायतका काम भत्र्सनाजन्य रहेको बताए ।

नेता केसीले राष्ट्रपति पद्धतिमा शक्ति एक स्थानमा केन्द्रित हुनाले निरंकुश हुने सम्भावना भएकाले संसदीय पद्धति नै लोकतान्त्रिक र समावेशी हुने बताए । नेपालको विकास र समृद्धि पनि लोकतान्त्रिक बिधिबाटै सम्भव भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.