Breaking News.... EverestOnlineKhabar
August 19, 2026

अफगानिस्तानमा सुरक्षाकर्मी र तालिवान लडाकुले सँगै मनाए ईद

Loading

कावुल,असार ।
अफगानिस्तानका सुरक्षाकर्मी र तालिवान लडाकुहरुले मिलेर ईद मनाएका छन् । उनीहरुले एकअर्कालाई अंगालो हाले, शुभकामना दिए र सँगै तस्वीर पनि खिचाए । एकअर्काविरुद्ध युद्ध छेडेकाहरुले आत्मियता साटासाट गरेको पूर्वी अफगानिस्तानको यो दृष्य निकै दुर्लभ मानिएको छ ।
अफगानिस्तानको सबैभन्दा ठूलो आतंकवादी संगठन तालिवानका लडाकुहरुले रकेट लन्चरसहितका हतियार बोकेका थिए ।अफगानिस्तान र तालिवानको झण्डा लिएका उनीहरु कार र मोटरसाइकल चढेर प्रहरी चौकी हुँदैगए । केही दिनअघिसम्म यस्तो होला भनेर कल्पना पनि गर्न सकिँदैनथ्यो । ईदलाई मध्यनजर गर्दै अफगानिस्तान सरकार र तालिवान लडाकुहरुले युद्धविरामको घोषणा गरेका छन् । राष्ट्रपति असरफ गनीले युद्धविराम थप लम्बाइएको बताएका छन् । उनले तालिवानलाई पनि युद्धविरामलाई लम्बाउन आग्रह गरेका छन् । ईदको अवसरमा सरकारले केही तालिवान लडाकुहरुलाई पनि जेलमुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.