![]()
एजेन्सी,जेठ ।
साउदी अरब र युनाइटेड अरब इमिरेट्स नेतृत्वको गठबन्धन सेनाले यमनको बन्दरगाह शहर हुदाइदाहमा भीषण हमला गरेका छन् । हुथी विद्रोहीलाई लक्षित गर्दै गठबन्धन सेनाले हमला गरेको हो । हमलामा गठबन्धन सेनाका चार जना र हुथी विद्रोहीका २२ जनाको मृत्यु भएको छ ।
साउदी नेतृत्वको गठबन्धन र इरानसमर्थित हुथी विद्रोहीबीचको यो युद्ध तीनवर्ष यताकै भीषण भएको बताइएको छ । यो युद्धमा लाखौं मानिसको जीवन संकटमा पर्न सक्ने चेतावनी राष्ट्र संघले दिएको छ । राष्ट्र संघले हुदाइदामा आक्रमण हुँदा २ लाख ५० हजार मानिसको जीवन नै संकटमा पर्न सक्ने चेतावनी दिएको छ । त्यहाँ ६ लाख मानिस बसोबास गर्छन् ।
रेड सी बन्दरगाहदेखि दक्षिण क्षेत्रमा रहेका हुथी विद्रोहीलाई लक्षित गर्दै हवाई आक्रमण गरिएको हो । गठबन्धनले हुदाइदाहको विमानस्थललाई लक्ष्य बनाएको छ । यमनी सेनाले भने स्थलमार्गबाट हुथीविरुद्ध कारवाही चलाइरहेको छ । यमनको एकमात्र तटीय शहर भएकाले हुदाइदाह उक्त मुलुककै‘लाइफलाइन’।
साउदी नेतृत्वको गठबन्धनले हुथीविद्रोहीविरुद्ध सन् २०१५ मार्चदेखि आक्रमण थालेको हो । त्यसयता १० हजारभन्दा बढी मानिस मारिइसकेका छन् ।


