Breaking News.... EverestOnlineKhabar
July 9, 2026

प्रधानमन्त्री ओलीको चीन भ्रमण असार ५ गतेदेखिःयस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणको तालिका…..

Loading

काठमाडौ,जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारीक भ्रमणका लागि असार ५ गते त्यस तर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको ६ दिने औपचारिक भ्रमणको तालिका दुवै देशले बुधबार सार्वजनिक गरेका हुन् । परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक तालिकामा भ्रमण टोलीमा प्रधानमन्त्री पत्नीसहति गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सांसद, सरकारी अधिकारी रहने उल्लेख छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङका साथै चिनियाँ समकक्षी ली खछ्याङलगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भए पनि विज्ञप्तिमा सी सँग हुने भेट बारे उल्लेख गरिएको छैन । नेपाली पक्षले सीसँगको भेटबारे उल्लेख नगरे पनि चिनियाँ पक्षले राष्ट्रपतिसँग भेट हुने जनाएको छ । प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ जान लागेका ओलीले सीसँग भेट गर्ने तय भएको बेइजिङमा हुने नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले बुधबार बताएका हुन् ।
भ्रमणका क्रममा नेपाल र चीनबीच केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ओलीले बेइजिङमा नेपाल–चीन बिजनेस फोरम र थिंक ट्यांकलाई सम्बोधन गर्नेछन् । यस्तै,ल्हासा भ्रमण र नेताहरूसँगको भेटवार्ता गर्ने तयारी पनि छ । परराष्ट्र अधिकारीका अनुसार बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफलका साथै परियोजनाहरूसम्बन्धी दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुनेछ । पुल निर्माण, राजमार्ग प्रयोग, हवाई रुट, नेपालमा रेल मार्ग जोड्ने, जलविद्युत् तथा पूर्वाधारमा लगानी, सडक सञ्जाल, नाका सुदृढीकरण, सीमा सुरक्षा, तेल भण्डारण र चीनको बन्दरगाह प्रयोगलगायत विषयमा प्रोटोकल एवं समझदारी कायम हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.