Breaking News.... EverestOnlineKhabar
August 17, 2026

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

Loading

बीबीसी । भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्यमा समस्या देखिएपछि  अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको छ।

९३ वर्षीय पूर्वप्रधानमन्त्री बाजपेयी बिरामी भएर अस्पताल भर्ना भएको खबर बाहिरिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कंग्रेस आईका अध्यक्ष राहुल गान्धीलगायतका भारतीय नेताहरु  नै अस्पतालमा पुगी उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन ।

 प्रधानमन्त्री मोदी र विपक्षी नेता गान्धी दुवैजनाले पूर्वप्रधानमन्त्री बाजपेयीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । ड्रविडा मसन्नेत्र काजागाम (डिएमके)का अध्यक्ष एमके स्टालिन तथा आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नाइडुले पनि पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मंगलबार शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेको एएनआईले जनाएको छ।

स्टालिनले बाजपेयीको स्वास्थ्यबारे पाएको सूचनाबाट आफू अत्यन्तै चिन्तित बनेको भन्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ट्विट गरेका छन् ।

मुख्यमन्त्री नाइडुले पनि  बाजपेयीलाई भेटी शीघ्र स्वास्थ्य लाभका लाथि भगवानसँग प्रार्थना गरेका छन् । अस्पतालका वरिष्ठ चिकित्सक तथा प्राध्यापक आरती विजले  विज्ञप्ति जारी गरी पूर्वप्रधानमन्त्री बाजपेयीको स्वास्थ्य स्थिर रहेको तर उपचारको नतिजा सकारात्मक देखिरहेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.