Breaking News.... EverestOnlineKhabar
October 3, 2026

सिंगापुरमा आफ्नै शौचालय बोकेर गएका थिए किम, किन ?

Loading

एजेन्सी,जेठ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग वार्ता गर्न सिंगापुर पुगेका उत्तर कोरियाली नेताले आफ्नो व्यक्तिगत शौचालय लिएर गएको खुलासा भएको छ । किमले सिंगापुरमा सार्वजनिक शौचालय प्रयोग गर्न नचाहेकाले आफ्नै शौचालय लिएर गएका हुन् । दक्षिण कोरियाको समाचार संस्था थे चोसुनिल्बोले एयर चाइना बोइङ ७४७ विमानबाट सिंगापुर आउँदा उनीसँगै आईएल–७६ मालवाहक विमान पनि आएको र त्यसमा उनको बुलेटप्रूफ गाडी र बोक्न मिल्ने शौचालय रहेको लेखेको छ ।
सन् २००५ मा दक्षिण कोरियातर्फ भागेका पूर्व उत्तर कोरियाली गार्ड कमान्ड इकाइका ली युन कीयोलले यो सामान्य कुरा भएको बताए । ‘सार्वजनिक शौचालय प्रयोग गर्नुभन्दा उत्तर कोरियाका नेताले यात्रा गर्ने क्रममा निजी शौचालय प्रयोग गर्छन् ,’ लीले द वाशिङटन पोस्टलाई बताए । किमको दिसाको विश्लेषण कसैले गर्न नपाऊन् भनी यसो गरिएको छ ।
‘किमको दिसामा उनको स्वास्थ्यस्थितिको जानकारी अवश्य हुन्छ, त्यसैले त्यसलाई त्यत्तिकै छोड्न मिल्दैन,’ लीले व्याख्या गरे । किमले देशभित्रै पनि सैनिक अड्डा र सरकारसञ्चालित कारखानाको निरीक्षण भ्रमण गर्दा निजी शौचालय लिएर जाने गरेका छन् । किमको गाडीमा पनि एउटा शौचालय फिट गरिएको हुने दक्षिण कोरियाली समाचार संस्था डेलीएनकेले
लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed