Breaking News.... EverestOnlineKhabar
August 23, 2026

अनाथ बालबालिकाहरुको जिम्मा राज्यले लिनुपर्छ : एनपी साउद

Loading

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री एन पी साउदले अनाथ बालबालिकाहरुको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताउनु भएको छ ।

नेपाल विद्यार्थी संघ प्रदेश नं ७ शंकरदेब क्याम्पसका नेता सुशील धामीद्वारा ‘बालबालिका श्रमिक विरुद्धको दिवस’ को अबसरमा आयोजित कार्यक्रममा नेता साउदले बालबालिकालाई पढ्ने अधिकारबाट बञ्चित गरी बाल श्रममा लगाउनु जघन्य अपराध भएको उल्लेख गर्नुभयो । उहाँले ग्रामीणदेखि शहरी क्षेत्रसम्म अझैपनि बालबालिकालाई काममा जोत्ने, पढाईलेखाइबाट बिमुख गर्ने, श्रम तथा यौन शोषण गर्ने लगायतका घटना भैरहेकाले समाजिक जागरणको आवश्यकता अपरिहार्य रहेको औंल्याउनुभयो ।

नेता साउदले शिक्षाको घामबाट कोही पनि वञ्चित नहुन भन्नका लागि मुख्यतः अनाथ बालबालिकाको रेखदेख र संरक्षणमा सरकारले ध्यान दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा काठमाडौको बानेश्वरस्थित न्यू नेपाल समाज केन्द्रका बालबालिकालाई समाजसेवी जोत्सना अधिकारी सावदले उपलब्ध गराउनु भएको शैक्षिक सामाग्री नेता साउदले बितरण गर्नूभएको थियो ।

कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले आजका बालबालिकाहरु भबिष्यका कर्णधार भएकोले उनीहरुलाई संबिधानको मौलिक अधिकारबाट बन्चित गर्न नहुने बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.