![]()
बीबीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसंग शिखर वार्ताका लागि सिंगापुरमा रहेका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले पत्रकारहरुको प्रश्नको जवाफ दिएनन्। ‘तपाईं आणविक निस्त्रीकरणका लागि तयार हुनुहुन्छ?’ भन्ने पत्रकारहरुको प्रश्नको जवाफ उनले नदिएका हुन ।
उनले प्रश्नको जवाफ त दिएनन् नै साथमा प्रश्नप्रति कुनै वास्ता नै राखेनन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसंग वान टु वान वार्ता सकेर फर्कँदै गर्दा दुईजना विदेशी पत्रकारले उक्त प्रश्न गरेका थिए।
उनी राष्ट्रपति ट्रम्पसँगै अगाडि बढिरहे। तर राष्ट्रपति ट्रम्पले भने पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिए। उनले वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको बताएका थिए।


