![]()
काठमाडौ,जेठ ।
नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशन आजदेखि काठमाडौमा सुरू हुने भएको छ। महाधिवेशनमा तीन वटा समूहबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। १७ पदाधिकारीसहित ४४ पदमा चुनाव हुन लागेको हो।
अध्यक्ष खिलानाथ दाहाल र पूर्व वरिष्ठ उपाध्यक्ष पुष्कर आचार्य बेग्लाबेग्लै समूह बनाएर प्रतिस्पर्धामा छन् भने उपाध्यक्ष रमा पौडेल पनि अध्यक्षमा उठ्ने भएकी छन्।
ट्रेड युनियन कांग्रेसमा १ हजार ४ सय प्रतिनिधि छन्। अधिवेशनको तयारी पुरा भएको आयोजकले जनाएको छ। विभिन्न पदमा ५० भन्दा बढीले उम्मेद्वारी घोषणा गरेका छन्। योगम्वर पार्टी प्यालेसमा हुने उद्घाटन कार्यक्रममा कांग्रेसका शीर्ष नेता सम्बोधन गर्ने अध्यक्ष दाहालले बताए।


