Breaking News.... EverestOnlineKhabar
October 6, 2026

भिएलएन अध्यक्ष श्रेष्ठमाथि ३ अर्ब बिगोसहित अदालतमा ठगी मुद्दा दर्ता….

Loading

काठमाडौ,जेठ ।
भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध करिब ३ अर्ब बिगोसहित अदालतमा ठगी मुद्दा दर्ता भएको छ। वैदेशिक रोजागरीमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ३ अर्ब ठगी गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले सोमबार श्रेष्ठ विरुद्ध २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगोसहित मुद्दा दर्ता गराएको हो।
अदालतले आज श्रेष्ठको थुनछेक बहस तोकेको छ। प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। त्यसै क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed