Breaking News.... EverestOnlineKhabar
August 17, 2026

जी–७ को साझा दस्तावेजमा अमेरिकाको असहमति….?

Loading

एजेन्सी,जेठ ।
जी– ७ सम्मेलनबाट जारी साझा दस्तावेजमा आफूले अनुमोदन गरेका विषयबाट अमेरिकी राष्ट«पति डोनाल्ड ट्रम्प पछि हटेका छन्। राष्ट्रपति ट्रम्पले क्यानडाले बेइमान गरेको आरोपसमेत लगाएका छन् । ट्रम्पले अरु देशहरुले अमेरिकामाथि भारी शुल्क लगाएर लुटिरहेको बताए । जी सेभेनको बैठकबाट बाहिरिँदै उनले भनेः‘अमेरिका एक पिगी बैंक जस्तो हो, जसलाई सबैले लुटिरहेका छन् ।’

अमेरिकाको तर्फबाट आल्मुनियम र स्टिलमा भारी शुल्क लगाएपछि जी सेभेन बैठकले‘नियममा आधारित व्यापार प्रणाली’ मा जोड दिएको छ । बैठकका निर्णय क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सार्वजनिक गरेका थिए । त्यसलगत्तै उनले अमेरिकाको आयात शुल्कको जवाफमा एक जुलाईदेखि अतिरिक्त शुल्क लगाउने घोषणा गरे ।
त्यसको जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै क्याडाका प्रधानमन्त्री ट्रुडोले गलत र बेइमानी गरेको बताएका छन् । उनले अमेरिका जी–सेभेनको साझा वार्तामा सहभागी नहुने घोषणासमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.