![]()
विराटनगर । प्रधानमन्त्री केपी ओलीले तीनै तहका सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पार्नुभएको छ । शनिबार प्रदेश १ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारबीच विवाद रहेको अफवाह फैलाउन लागेको भन्दै त्यसको बचाउ गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो देश एउटै छ, यो देशमा एउटै सरकार छ, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच कुनै विवाद छैन् यसमा कसैलाई भ्रम छ भने आजैबाट त्यागे हुन्छ।’
प्रधानमन्त्री ओलीले भाषणको अधिकांश समय प्रदेश १ को विकासका सम्भावनाबारे खर्च गर्नूभएको थियो । उहाँले जनताको अपेक्षा पूरा हुने गरेर काम गर्न प्रदेश सांसदलाई आग्रह पनि गर्नुभयो ।
प्रदेश १ लाई प्रकृतिले समेत माया गरेकाले यसलाई समृद्ध बनाउन सबै लाग्नुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री ओलीले भ्रष्टाचार आफुले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने भन्दै भ्रष्टाचार गर्नेलाई अनुहारका भरमा छुट नहुने चेतावनी दिनुभयो ।


