![]()
बेइजिङ,जेठ ।
अमेरिकी राज्य विभागले मस्तिष्कको चोट जस्तै देखिने रहस्यमय रोगको शिकार भएका अमेरिकी अधिकारीहरुलाई चीनको गुआनजोउबाट फिर्ता ल्याइरहेको जनाएको छ । यसअघि पनि अमेरिकी कामदारहरु यस्तै किसिमको समस्याबाट प्रभावित भइसकेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
दक्षिणी चिनियाँ शहरमा अमेरिकाका एक सरकारी कर्मचारी अस्वस्थ भएको निश्चित भएपछि त्यहाँ तुरुन्तै स्वास्थ्य विद् लगायत पीडितका परिवारको एक टोली तैनाथ गरिएको ट्रम्प प्रशासनकी प्रवक्ता हेदर नौअर्टले बुधबार बताएकी हुन् । केही बिरामीको लक्षणबारे थप अध्ययन गर्न उनीहरुलाई अमेरिका ल्याइसकेको बताइएको हो ।
यो भन्दा अगाडि पनि चीनबाट आएको अज्ञात सुपरसोनिक आवाजका कारण अमेरिकी अधिकारी घाइते भएका थिए । त्यस समय पनि यस्तै प्रकारको मस्तिष्क सम्बन्धी चोटको लक्षण देखा परेको थियो । त्यसैले यो घटना पनि यसैसँग मिल्दो जुल्दो हुन सक्ने शंका गरिएकाले यसबारे गम्भीर अनुसन्धान भइरहेको बताइएको छ ।


