Breaking News.... EverestOnlineKhabar
August 16, 2026

आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा ४६ जनाको मृत्यु

Loading

बीबीसी । अफ्रिकी मुलुक ईथियोपियाका आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ। सय जना इथियोपियन शरणार्थी बाेकेर सोमालियाको बोसास्सो तटीय क्षेत्रबाट तस्करीका लागि हिँडेको डुंगा यमन नजिक अदेनको खाडीमा डुबेको हो ।डुंगा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको र १६ जना बेपत्ता भएका छन्।

 अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आई.ओ.एम.) का अनुसार उक्त डुंगामा ८३ पुरुष र १७ महिला सवार थिए ।यमन र अन्य खाडी मुलुकमा रोजगारीको खोजी गर्न आप्रवासीहरुले अवैध बाटो लिएको जनाइएको छ ।ईथियोपियामा भइरहेकाे हिंसाका कारण प्रत्येक महिना कम्तिमा ७ हजार आप्रवासीहरु विभिन्न बाटो हुँदै तेस्रो मुलुक पुग्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.