Breaking News.... EverestOnlineKhabar
September 3, 2026

सरकारले घुँडा टेकेपछि शेयर बजारमा हरियाली, अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना हुने

Loading

काठमाडौं । बोनस र हकप्रद सेयरको अकिंत मूल्यमै पुँजीगत लाभकर लगाउने निर्णयबाट सरकार पछि हटेपछि शेयर बजारमा हरियाली छाएको छ । सरकार पछि हटेसंगै अब पुरानै विधिबाट पुँजीगत लाभकर गणना गरिने छ ।

लगानीकर्ता र ब्रोकर कम्पनीले सरकारको पछिल्लो निर्णयको विरोध गर्दै कारोबार नै बन्द गरेका थिए । अर्थ मन्त्रालयले अहिलेका लागि पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्नुभन्दै राजस्व विभागलाई पत्र पठाएको छ ।

यसअघि लगानीकर्ताले शेयर ठप्प पार्नुकासाथै लगातार धर्ना र नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.