Breaking News.... EverestOnlineKhabar
September 3, 2026

‘संघर्षको मैदान छोडेका छैनौ,सरकारभित्रै संघर्ष गरेर संविधान संशोधन गरि छाड्छौं’ःउपेन्द्र यादव

Loading

काठमाडौ,जेठ ।
उपप्रधानमन्त्री एंव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाई पुर्याएर संविधान संशोधन गर्न आफूहरु सरकारमा सहभागि भएकोे दावी गरेका छन् । संघीय समाजवादी फोरम केन्द्रीय समितिले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संघर्षको मैदान नछोडेको जिकिर गरेका हुन् ।
उनले भनेः‘संविधान संशोधन गर मात्रै भनेर हुँदैनथ्यो । संविधान संशोधन गर्न दुईतिहाई बहुमत पुगेको थिएन । सरकार अत्याधिक बहुमतले बने पनि संशोधनका लागि पनि उसँग सामथ्र्य थिएन । हाम्रो सहभागिताले मात्रै दुई तिहाई पुग्ने भएकाले हामी सरकारमा सहभागि भएका हौं ।’
प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि हासिल गर्नेतर्फ आफ्नो पार्टीले रणनीति अघि सारेको समेत उनले खुलासा गरे । विकासित राजनीतिक परिवेशअनुसार आफू सरकारमा सहभागि भएको उल्लेख गर्दै अध्यक्ष यादवले भनेः‘संविधानको कुनै अंक, ह्रसो, कमा समेत परिवर्तन हुँदैन भन्नेहरुलाई संशोधनका लागि लिखित रुपमा सहमति गराएर सरकारमा सहभागि भएका छौं । यो आम उत्पीडित र हाम्रो पार्टीका लागि ठूलो उपलब्धि पनि हो ।’
सरकारमा सहभागिताले नीतिगत रुपमा पनि उत्पीडित समुदायको पक्षमा कदम चाल्न सहज भएको समेत उनले दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.