Breaking News.... EverestOnlineKhabar
October 3, 2026

एशिया प्रशान्त क्षेत्रीय बालविकास सम्मेलन शुरु : ४० मुलुकका ३२५ जनाको सहभागिता

Loading

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रीय बालविकास सञ्जाल तथा प्रारम्भिक बाल हेरचाह र शिक्षा नीति मञ्चको संयुक्त अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले बालअधिकारलाई मौलिक हकका रुपमा राखेकाले उनीहरुको हेरचाह, विकास र स्वास्थ्यका लागि सरकारले आवश्यक प्रबन्ध गर्ने जानकारी दिनुभयो । उहाँले गत महीना भएको विद्यार्थी भर्ना अभियानबाट विद्यालय जाने उमेरका करीब ९० हजार बालबालिका विद्यालयको पहुँचमा आएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा दिएर विद्यालयमा टिकाइराख्नु सरकारको उच्च प्राथमिकता भएको बताउनुभयो ।

सम्मेलनमा मुख्यतः अन्तर्राष्ट्रियस्तरमा भएका प्रारम्भिक बालविकासमा नयाँ अनुसन्धान तथा प्रयोगबारे ज्ञान आदानप्रदान तथा प्रारम्भिक बाल शिक्षा तथा विकाससम्बन्धी विद्यमान नीति बारे छलफल गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताउनुभयो ।

शिक्षा मन्त्रालयको आयोजनामा शुरु भएको सम्मेलन यही जेठ २४ गतेसम्म चल्नेछ ।  सम्मेलनमा एशिया तथा प्रशान्त क्षेत्रका ४० भन्दा बढी मुलुकका ३२५ जनाको सहभागिता छ । सम्मेलनमा नेपालबाट प्रारम्भिक बालविकाससँग सम्बन्धित नीतिनिर्माता, सरकारी तथा गैरसरकारी संघ तथा संस्थाका गरी २१५ जनाको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed