Breaking News.... EverestOnlineKhabar
August 17, 2026

‘नेपाल स्वच्छ वातावरण महाअभियान’ शुभारम्भ : सिंहदरवारमा प्रधानमन्त्रीले रोपे लिची र एभोकार्डोको बिरुवा

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौंमा ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ शुभारम्भ गरेका छन् । सो अवसरमा उनले मानव जातिको सुरक्षाका लागि पनि वातावरणीय सन्तुलन कायम गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन लागिपरेको पनि बताए । सरकारले भावी सन्ततिलाई समेत ध्यानमा राखेर वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

सो अवसरमा उनले सिंहदरबारमा परिसरमा लिची र एभोकार्डोको बिरुवा रोपेका थिए ।  सिंहदरबारभित्रको खालीभागमा प्रधानमन्त्री आफैंले कोदालोले भुई खनी लिची र एभोकाडोका दुईवटा बिरुवा रोपेका हुन ।

‘एक नेपाली, एक फलफुल’ बिरुवा अभियानमा सहभागि भएका मन्त्री, सचिव, कार्यालयका अन्य कर्मचारीलाई निर्देशन दिदै प्रधानमन्त्रीले भने, ‘फलफुलमा आत्मनिर्भर हुन अन्य देशहरुमा निर्यात गर्न, हाम्रो आफनै स्वास्थ्यका लागि खानपिनमा सन्तुलित आहार बनाउन फलफुल रोप्नैपर्छ ।’

फलफूलका बिरुवा रोप्ने अभियान अन्र्तगत बर्षभरिमा धेरै करोड बिरुवा रोप्ने सरकारको अभियान छ । सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को परिकल्पनालाई पुरा गराउन वातावरणीय सन्तुलनले पनि भूमिका खेल्ने अपेक्षा लिइएको छ । हाल ४५ प्रतिशत वन क्षेत्रमा रहेको नेपालाई त्यतिमै सिमित नराखी वनकै रुपमा विकास गर्न सबैले बिरुवा रोप्नुपर्ने सरकारको निर्देशन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.