Breaking News.... EverestOnlineKhabar
October 3, 2026

कांग्रेसको चेतावनीपछि संसद नियमावली पारित हुन सकेन

Loading

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने चेतावनी दिंद संसद अवरुद्ध गर्ने तयारी गरेपछि प्रतिनिधि सभा नियमावली मस्यौदा पारित हुन सकेन।

सोमबारको प्रतिनिधि सभा बैठकको कार्यसूचीको २,३ र ४ मा प्रतिनिधि सभा नियमावली मस्यौदा पारित गर्ने विषय समावेश गरिएको थियो। तर, बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सहमति जुट्न सकेको थिएन। बैठकमा सबै दलका प्रतिनिधिहरु सहभागी भएका थिए।

कांग्रेसले मतदान गरी मस्यौदा पारित गर्न खोजे बैठक अवरुद्ध गर्ने बताएका थियो। कांग्रेसको समर्थन राजपाले पनि गरेको थियो। यता नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र संघीय समाजवादी फोरम पारित गराउने पक्षमा थिए।

बैठकमा निष्कर्ष निस्किन नसकेपछि नियमावलीको विषय कार्यसुचीमा राख्ने वा हटाउने जिम्मेवारी सभामुख कृष्णबहादुर महरालाई दिइएको थियो । सहमतिको जिम्मेवारी पनि सभामुखलाई दिइएको थियो। तर सहमति जुट्न नसकेपछि सभामुखले कार्यसुचीबाट उक्त विषय हटाएका हुन ।

कांग्रेसले नियमावली संसदमा पेस भए सदन अवरुद्ध गर्न सांसदहरुलाई निर्देशन दिइसकेको थियो। नियमावलीमा फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने पक्षमा सत्तारुढ दल रहेका छन भने दोषी प्रमाणित नभएसम्म निलम्बन गर्न नहुने पक्षमा कांग्रेस र राजपा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed