![]()
एजेन्सी । बलीउड अभिनेता सलमान खान आफ्ना दाई अरबाज खानका कारण समस्यामा परेका छन् । अरबाज खान आइपिएलको सट्टेबाजीको चक्करमा फसेका छन् । यस काण्डमा मुछिएपछि उनलाई सोधपुछका लागि पुलिसले समातेको थियो ।
अरबाजले आइपिएलको सट्टेबाजीमा ३ करोड भारतीय रुपैयाँ हारेका थिए । तर, उनले हारेको पैसा दिन मानेनन् । त्यसपछि अरबाजलाई धम्की आउन सुरु भएको थियो ।
अरबाज खानले सन् १९९६ मा फिल्म ‘दरार’बाट आफ्नो करिअरको सुरुवात गरेका थिए । त्यसपछि उनी केही फिल्ममा सलमान खानका साथमा आए ।
अभिनयमा सफलता हात नलागेपछि २०१० मा उनले प्रोडक्सन हाउस खोले । उनको प्रोडक्सन हाउसको पहिलो फिल्म ‘दबंग’ थियो । फिल्ममा सलमानले मुख्य भूमिका निभाएका थिए ।
अरबाज आफू मख्खीको भूमिकामा देखिए । यसपछि ‘दबंग–२’ पनि बन्यो । तर, अरबाजको सट्टेबाजीको लतका कारण सलमान उनीसँग टाढिए । ‘दबंग–३’ मा काम गर्न इन्कार गरिदिए । अरबाजले सट्टेबाजी गरेको स्वीकारेका छन् । उनले ५ वर्षदेखि सट्टेबाजी गरिरहेको र १५ करोड भारतीय रुपैयाँ हारिसकेको बताएका छन् ।
तर, अरबाजले पैसा नदिएपछि मलाइकाको फोनमा धम्की आउने गर्थे । यही कारण झगडा सुरु भयो र मलाइकाले सन् २०१७ मा सम्बन्धविच्छेद गरिन् ।
सट्टेबाजीको लतले अरबाजलाई डुबाइदियो । छिटो पैसा कमाउने चक्करमा उनी पैसा हार्दै गए । यस कुरालाई लिएर सलमान पनि अत्यधिक रिसाएका थिए ।
अरबाजले भनेका छन्, ‘दीपावलीका दिन सलमानले ममाथि हात उठाउन खोजेका थिए, तर त्यतिवेला आमा आएका कारण जोगिएँ ।’ अरबाजको यही बानीका कारण उनको परिवार उनीसँग टाढिएको छ ।


