Breaking News.... EverestOnlineKhabar
August 16, 2026

भारतीय विदेशमन्त्री स्वराज सवार विमान १४ मिनेट ‘सम्पर्कविहीन’

Loading

बीबीसी । भारतीय विदेशमन्त्री सुष्मा स्वराज सवार विमान शनिवार १४ मिनेटसम्म ‘सम्पर्कविहीन’ हुँदा तनाव सिर्जना भएको विवरण सार्वजनिक भएका छन्।

दक्षिण कोरियाको भ्रमणका लागि निस्केकी उनी सवार विमानसँग सम्पर्क स्थापित हुन नसक्दा मरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी)ले ‘चेतावनी’ जारी गरेपछि तनाव सिर्जना भएको थियो। अधिकारीहरूका अनुसार स्वराज सवार भारतीय वायुसेनाको विमान र मरिससको एटीसीबीच १४ मिनेटसम्म सम्पर्क स्थापित हुन सकेन।

एयरपोर्ट अथोरिटी अफ इण्डियाका महाप्रबन्धक जेबी सिहंले भने, “मरिससले एकतर्फी रूपमा ‘चेतावनी’ जारी गरेको थियो।” उनका अनुसार सामान्यतया उडेको विमानसँग आधा घण्टासम्म सम्पर्क स्थापित हुन नसकेपछि त्यस्तो ‘चेतावनी’ जारी गरिन्छ।

सिहंले थपे, “त्यो वायुसेनाको विमान थियो र हाम्रो हवाई क्षेत्रमा थिएन। मालेले मरिससलाई उक्त विमानसँग सम्पर्क स्थापित गर्न भन्यो। तर मरिससको एटीसीले १४ मिनेटसम्म सम्पर्क स्थापित गर्न सकेन।”

सुष्मा

एयरपोर्ट अथोरिटी अफ इण्डियाद्वारा आइतवार जारी एउटा विज्ञप्तिमा भनिएको छ, “विमानमा अतिविशिष्ट व्यक्ति सवार भएकाले मरिससले ‘चेतावनी’ जारी गरेको हुनुपर्छ।”

इन्धन भर्नका लागि उक्त विमान तिरूवन्तपुरम र मरिससमा अवतरण गर्ने तय भएको थियो।

राहत

“उक्त विमान शनिवार दिउँसो २ बजेर ८ मिनेटमा तिरूवन्तपुरमबाट उडेको थियो। भारतीय हवाई क्षेत्र कटेपछि दिउँसो ४ बजेर ४४ मिनेटमा मालेको एटीसीसँग सम्पर्क स्थापित भयो।”

“मरिससको एटीसी र विमानबीच ४ बजेर ५८ मिनेटमा मात्रै सम्पर्क स्थापित हुन सक्यो।”

विमानसँग सम्पर्क स्थापित भएपछि बल्ल भारतीय उड्डयन अधिकारीहरूले राहत महसुस गरे। ब्रिक्स भनिने राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन स्वराज दक्षिण कोरिया जान लागेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.