Breaking News.... EverestOnlineKhabar
August 17, 2026

संसदमा अर्थमन्त्री खतिवडाले यसरी दिए सांसदहरुका प्रश्नहरुको जवाफ

Loading

काठमाडौं।  अर्थमन्त्री युवराज खतिवडाले  बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको  संघीय संसदमा  जवाफ दिएका छन् । बजेटमाथि सासंदहरुले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्रीले उठाइएका प्रश्नको जवाफ दिएका हुन् ।

खतिवडाले दिएको जवाफका केही महत्वपूर्ण अंश यसप्रकार छन :

–सम्बृद्धिबाट समाजवादतर्फको यात्रामा उन्मुख छौँ । सर्वाङ्गीण विकासको कुरा गरेको छ । सामाजिक सुरक्षा ल्याएको छ । बजेटले श्रम सिपको मुल्याङ्कन गरेको छ ।

–कसैको अंक, कसैको बाँडबाफाडमा असन्तुष्टि देखियो । सातसय बढी स्थानीय सरकार छ, अहिले । समपुरक पहिलो पटक आएको बजेटलाई पहिलाको बजेटसँग तुलना नगरौ ।

–तीन तहका सरकारका आफ्नै श्रोत, बाँडफाड हुन्छन् । तिनैबाट संघीय सरकारको बजेट बन्ने हो । समष्टिगत वित्तीय प्रणालीलाई संघीयताअनुरुप हेर्नुपर्छ ।

–सम्बृद्धिको बाटोमा जान श्रम र कानुनलाई सम्मान गर्ने दर्शन बजेटमा छ ।

–राष्ट्रिय अर्थतन्त्र र पुँजीसँग जोड्न श्रमलाई प्राथमिकता दिएको हो ।

–न्युटनको उदाहरण दिँदै अर्थमन्त्री खतिवडाले गतिहिन बस्तुलाई गतिदिन तेस्रो शक्तिले ठेल्नुपर्छ । त्यस्तै बजेटलाई गति दिन कुशासन र भ्रष्टचार रोक्न बजेटबाट सहयोग गर्छ भन्दै त्यसरी नै बुझ्न आग्रह गरे ।

–संघीयता खर्चिलो भएपनि धान्नुपर्ने बाध्यता छ ।

–बजेट क्रियाशील भएर बढि प्रतिकृया आएको हो कि भन्ने मेरो बुझाई हो ।

–बजेट आइसकेको छ अव यसमा विवाद गरेर लम्ब्याउन चाहान्न ।

–हामी लामो दौडमा छौं भने हामीले हाम्रा नीति तथा कार्यक्रममार्फत जित्न सक्छौं ।

–सामाजिक सुरक्षाका कार्यक्रममा सफल हुन्छौं ।

–नीजि क्षेत्र, सरकार र नीजि क्षेत्रबीच सहकार्य भएरै अगाडि बढिन्छ ।

–बजेट असिमित श्रोतको भण्डार होइन, यसका निश्चित सीमा हुन्छन् । त्यो सीमा अनुसार नै बनाइन्छ । गणितविनाको बजेट बन्दैन । राजश्व नउठाउ, बजेट बढाउ, प्रदेशमा रकम धेरै बढाउ भन्ने कुरा असत्य हो ।

–केन्द्रीकृत बजेट भयो भन्ने कुरामा पनि म सहमत छैन । अहिले संक्रमणकाल नै हो । संरचना नै नबनाई सवै कार्यक्रम प्रदेश र स्थानीय तहमा कार्यन्वयन गर्न कठिन छ । संविधान अनुसार नै परिपुरक ढंगले हामी क्रमश बढाउदै लैजान्छौ यसमा धेरै चिन्ता गर्नुपर्ने छैन ।

–कर प्रणालीमा प्रगतिशिल प्रणाली अपनाएकै हो । धेरै कमाउनेले धेरै र थोरै कमाउनेले थोरै कर तिर्नुपर्छ यो स्वभाविक हो ।

–करको दर ३५ बाट ३६ पारेको मात्रै हो । धेरै मुलुकमा ५० प्रतिशत बढि छन् त्यहाँ नीजि क्षेत्र डराएका छैनन् ।

–संस्थागत आयकर हामीले छोएका छैनौं । १५,२० र २५ प्रतिशत यथावत छन् ।

–करसँग सम्बन्धित बिकृति गर्ने कुरा गर्दा लगानीकर्ता हतोत्साहित हुँदैनन् । चीन, भियतनाम र लावोसलाई हेर्दा पनि थाहा हुन्छ ।

– प्रधानमन्त्री कार्यलयमा बजेट केन्द्रीत भयो भनेर अनौठो प्रश्न उठ्यो । हामीले यसअघिको बजेट हेर्दा १५५ अर्वको बजेटमा १५१ त पुननिर्माणमै खर्च भएको छ ।

–आर्थिक बृद्धि गर्ने हुदैन भन्ने सोच्नुहुदैन । गर्नैपर्छ, कृषिका धेरै कार्यक्रम तल्लोस्तरमा छन् । त्यसैले यसमा टिप्पणी गर्नु युक्तिसंगत हुदैन ।

–आर्थिक बृद्धि ८ प्रतिशत सम्भव छ ।

–मैले ट्रयापमा परेर बजेट ल्याएको होइन, स्वविवेकले, क्षमताले ल्याएको हो । प्रष्ट हुनुस् ।

–नीति कार्यक्रमममा आएका कुरा बजेटमा परेनन् भन्ने कुरामा माननीय सदस्यहरुले बुझ्न नसकेको हो कि ?

–बजेटमा विभेद छैन । मधेस, पहाड हाम्रै हो । हामीले कही कतै विभेद गरेको छैन । निश्चित फर्मुलाका आधारमा बजेट विनियोजन गरेका हौ ।

–संविधानमै सवै अनुदानका कुरा लेखिएका छन् । अनुदानलाई दानका रुपमा बुझ्नु हुदैन । मात्रै, शर्सत अनुदानका बारेमा छलफल गर्न सकिन्छ । यसलाई सुधार गर्दै जान सकिन्छ ।

– कतिपय माननीयले मलाई प्रत्यक्ष चुनाव लड्न सुझाव दिनुभएको छ, यसलाई ग्रहण गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.