Breaking News.... EverestOnlineKhabar
August 17, 2026

अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल पहिलो

Loading

काश्की । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म  भएको अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल पहिलो भएका छन् । निर्धारित ४२.१९५ किलोमिटर दूरी उनले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे ।

आर्मीकै पूर्ण तामाङले ४ घण्टा १७ मिनेट ४२ सेकेन्डमा दूरी पार गरेर दोस्रो भए । तेस्रो स्थान हासिल गरेका आर्मीकै धावक होमलाल श्रेष्ठले ४ घण्टा २० मिनेट ३८ सेकेन्डमा दुरी पार गरे ।
म्याराथनमा चौंथोदेखि दसौंस्थानसम्म क्रमश: रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइबा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थापा र दामोदर बुढामगर आए । म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश: एक लाख, ७० हजार र ५० हजार रुपैयाँ पाउनेछन् । दसौं स्थानसम्म आउने बाँकी धावक पनि पुरस्कृत हुनेछन् । म्याराथनमा ६१ धावक सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.