Breaking News.... EverestOnlineKhabar
October 2, 2026

७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

Loading

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । आइतबार काठमाडौँ महानगरपलिका, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा वीर अस्पतालका उपकुलपति डा. गणेश गुरुङले कार्यक्रममा उपस्थित वृद्धवृदालाई स्वास्थ्य परीक्षण गरी औपचारिक स्वास्थ्य परीक्षण उद्घाटन गरिएकोे थियो ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले वृद्धावृद्धा सम्मान गर्नु सामाजिक दायित्व रहेको र सम्मान, सद्भावका लागि सबैजनाले जिम्मेबारी बोध गर्नु पर्ने बताए ।

उक्त कार्यक्रममा ७ जना वृद्धवृद्धाको उपस्थिति रहेको थियो । सम्मान स्वरुप फलफूल तथा एक जनालाई १२ हजारको दरले चेक वितरण गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed