![]()
एजेन्सी । सिंगापुरमा क्षेत्रीय सुरक्षा सम्मेलनमा अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले चिनियाँ सेनाबारे बोल्दा चीन आक्रोसित भएको छ। अमेरिकी रक्षामन्त्री म्याटिसले चिनियाँ सैन्याबारे आफ्नो धारणा व्यक्त गरेका थिए। उनले भनेका थिए, ‘ चीन विवादित सागरमा आफ्नो सेना राखेर छिमेकी राष्ट्रहरुलाई धम्काइ रहेको छ।’
लगत्तै चिनियाँ लेफ्टिनेन्ट नजरल ही ली ले पत्रकार सम्मेलन गरेर अमेरिकाको खण्डन गर्दै आक्रोस व्यक्त गरेको हो। पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘चीनलाई उक्त क्षेत्रमा सैन्य सुरक्षा फौज राख्न पूर्ण अधिकार छ। किनकी चीनको सुरक्षा नीति नै अरुले यो ठाउँ कब्जा नगरोस।’
उनले भनेका छन्, ‘जबसम्म त्यो आफ्नो इलाका हुन्छ, तबसम्म हामी त्यहाँ नौसेना तैनाथ गरिरहन्छौ र हतियार पनि पुर्याइरहन्छौ। यदि कोही वा कुनै देश यसबारेमा सोच्दछ वा विवाद गर्न आउँछ भने हामी यसलाई आन्तरिक मामलामा हस्तक्षेप मान्छौ।’


