![]()
काभ्रे,जेठ ।
काभ्रे जिल्लाको रोशी गाउँपालिकाका–१ खहरेपांगुमा अध्ययन गर्ने बालकालिकाहरुले आफ्ना समस्याको कचहरी नाटक मनचन गरेका छन् । विद्यार्थीहरुले घर, परिवार र विद्यालयका बेहोर्नु परेको समस्यालार्इ समेटर नाटक मञ्चन गरेका हुन् । बुधबार श्रीजनचेतना माविको चौरमा समुदायका प्रतिष्ठित व्यक्तिहरुसँगै अभिभावकहरुलाइ समेत आफूहरुले पढ्न कै लागि बेहोर्नु परेको समस्याको विकल्प खोज्दै बालबालिकाले नाटक प्रस्तुत गरेका हुन् ।
घर, विद्यालय र ग्रामिण भेगमा रहेको समस्यालाइ समेटेर नाटक प्रस्तुत गरेपछि उनीहरुका वास्तविक समस्या यकिन गर्न सकिने शैक्षिक क्षेत्रमा सुधारका लागि क्रियाशिल ग्रामीण सामुदायिक सङ्गठन नेपालका कार्यक्रम प्रमुख श्रीकृष्ण थापाले बताए ।
विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा देखिएका समस्याहरुको समाधानमा आगामी दिनमा क्रियाशिल भएर काम गर्ने युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष एंव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमित लामाले प्रतिवद्धता जनाए ।
कार्यक्रममा पूर्वसांसद रामहरी सुवेदीले शैक्षिक गुणस्तर विश्व बजारमा विक्ने र प्रतिष्पर्धा गर्ने जनशक्ति निमार्ण गर्ने खालको हुनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी एवं पनौती नगरपालीकाका प्रमखु भिम न्यौपानेले विद्यार्थीहरुका लागि शैक्षिक वातावरण राज्य र अभिभावक दुवै पक्षबाट बनाइनु पर्नेमा जिकिर गरे ।
विद्यार्थीहरुले तामाङ समुदायका बालबालिकाहरुले पढ्न कै लागि गर्नु पर्ने संघर्ष, विद्यालयमा बालिकाहरु महिनावारी हुदा विद्यालय नै छाड्नु पर्ने समस्या,शिक्षकहरुले गर्ने गैरजिम्मेवारी पुर्ण व्यवहार र भुमिकाको बारेमा नाटक मार्फत आफुहरुले भोग्नु परेका समस्या दर्शाएका थिए । समस्या समाधानका लागि उपस्थित व्यक्तिहरुबाट कचहरी समेत गरिएको थियो ।


