Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं । गणतन्त्र दिवस २०७५ को अवसर पारेर नेपाल टेलिकमले मिस्ड कल एलेर्ट सेवालाई पुनः सञ्चालन गर्ने भएको छ । कम्पनीले सो सेवा पोस्टपेड र प्रिपेड मोबाइलमा जेठ १५ गते देखि पुनः सञ्चालनमा ल्याउने भएको हो ।

यो सेवा शुभारम्भ भएपश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा वा स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत् नोटिफिकेसन प्राप्त हुनेछ ।    सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले कगद mअब लेखेर १४०० मा एसएमएस गर्ने वा *1400#   डायल गरि प्राप्त निर्देशन पालन गर्नुपर्ने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्तालाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने छ ।

यस्तैगरी गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने “अनलिमिटेड प्याक” अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् ।

त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने “एसएमएस प्याक” पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ ।

अनलिमिटेड प्याक र एसएमएस प्याक जेठ १४ गते देखि आगामी जेठ २८ गते सम्म खरिद गर्न सकिनेछ । प्याकेज खरिद गर्नका लागि *1415*8#डायल गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.