Breaking News.... EverestOnlineKhabar
July 8, 2026

Loading

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको फाइनल खेलको दौरान घाइते भएका लिभरपुलका फरवार्ड मोहमद सलाहले रुसमा हुने विश्वकप फुटबल खेल्ने बताएका छन् । काधको चोट बोकेका सलाहले सामाजिक संजालबाट रुस विश्वकपमा इजिप्टको टोलीमा रहने बताएका छन् ।

युक्रेनको किभमा शनिबार राति स्पेनिस क्लब रियल मड्रिडविरुद्ध भएको फाइनलको दौरान सलाह घाइते भएका थिए ।  काधको गम्भीर चोट बोकेपछि सलाहले जेठ अन्तिम साताबाट सुरु हुने रुस विश्वकप गुमाउन सक्ने बताइएको थियो । तर, २५ बर्षीय इजिप्टसियन फरवार्ड सलाहले ट्वीटरबाट आफुले रुस विश्वकपमा सबैलाई गर्व महसुस गराउने बताएका छन् ।

सलाहले ट्वीटमार्फत लेखेका छन् , “यो एकदमै कठिन रात रहेको थियो तर म लडाकु हु । बाधाका बाबजुत मलाई विश्वास छ कि म तपाईहरुलाई गर्व गराउन रुसमा हुनेछु । तपाईहरुको माया र समर्थन मेरो शक्ति हो जुन म चाहन्छु ।”

आगामी जेठ ३१ गतेबाट सुरु हुने २१ औं संकरणको विश्वकपमा इजिप्ट समूह ए मा रहेको छ । इजिप्टको समूहमा आयोजक रुस, साउदी अरेबिया र उरुग्वे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.