![]()
एजेन्सी । फ्रान्सेली प्रथम महिला ब्रिगिटी म्याक्रोनले आफ्ना पति तथा फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनको आलोचना गरेकी छिन ।
म्याक्रोन राष्ट्रपतिमा निर्वा्चित भएपछि मैले प्रथम महिलाजस्तो अनुभूति गर्न नपाएको भन्दै उनले गुनासो गरेकी हुन । ६५ बर्षीया ब्रिगिटीले आफना पति अर्थात राष्ट्रपति म्याक्रोनले आफूलाई फोटो खिच्नमा मात्र सीमित राखेको भन्दै आक्रोश पोखेकी छिन ।
आफूलाई पर्याप्त समय नदिएको उनको आरोप छ । ‘म इम्यानुअल म्याक्रोनको पनि पत्नी हुँ, राष्ट्रपतिको मात्र पत्नी होइन,’ उनले भनिन ।
विद्यालय तहको अध्ययन गर्ने क्रममा तीन सन्तानकी आमा ३९ वर्षीया ब्रिगिटीसँग इम्यानुअलको प्रेम बसेको थियो । उनी त्यतिवेला केवल १८ वर्षका थिए । तीन सन्तानकी आमासँग किशोर छोराको अफेयर चलेपछि म्याक्रोनका अभिभावक चिन्तित थिए ।
अस्वाभाविक प्रेम कहानीले आजित इम्यानुअलका अभिभावकले ब्रिगिटीलाई भेटेर छोरो बयस्क नहुन्जेल अफेयर नचलाउन निर्देशनसमेत दिएका थिए । तर, हठी म्याक्रोनले आफनो उमेर भन्दा दोब्बर जेठी ब्रिगिटालाई बिहा गरेरै छोडे ।


