Breaking News.... EverestOnlineKhabar
July 8, 2026

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन

Loading

काठमाडौँ। उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २६३औँ हप्तामा शनिवार कोटेश्वर महादेवस्थान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइ, ठकुरी समाजलगायत संस्थाका गरी ३७५ भन्दाबढी अभियन्ताको सहभागिता रहेको थियो ।

वाग्मती सफाइमा ब्लुक्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा चीनका लागि नेपाली राजदूत एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियन्ताको सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२४औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिकाको वडा नं २ र ४ को सीमा भएर बग्ने कोलमती खोलामा गरियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.