![]()
सर्लाही । सर्लाहीमा लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रियस्तरका क्लबहरुको सहभागितामा सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्तरुपमा प्रतियोगिता आयोजना गरेका हुन् ।
प्रतियोगिता यही जेठ २४ देखि असार २ गतेसम्म चल्ने छ । लालबन्दी नगरपालिका–६ मा रहेको खेलमैदानमा हुने प्रतियोगितामा सर्लाहीको एकसहित १० टिमले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताको विजेता टिमलाई ७ लाख र उपविजेतालाई साढे ३ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुरबहादुर सुसलिङले जानकारी दिए ।


