![]()
पर्सा । पूर्वराजा ज्ञानेन्द्र शाह केही दिनदेखि तराईका जिल्लामा निजी भ्रमणमा व्यस्त हुनुभएको छ । शाहले निकटका व्यक्तिहरूसँग भेटघाट गरेर मधेसको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिनुभएको छ ।
भेटघाटका क्रममा मधेसका वरिष्ठ समाजसेवी, पुराना पञ्चहरू, केही धार्मिक गुरुहरूसँग पूर्वराजा ज्ञानेन्द्रले परामर्श गर्नुभएको छ । यसक्रममा पूर्वराजा ज्ञानेन्द्र अहिले वीरगञ्ज क्षेत्रमा हुनुहुन्छ । शाहले वीरगञ्जमा आफ्नो भेटघाटलाई तीव्र बनाउनुभएको छ । यसक्रममा उहाँले गोपालमण्डलीमा पुरीमठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीसँग भेट गर्नुभयो ।
स्रोतका अनुसार निश्चलानन्द सरस्वतीसँग विशुद्ध धार्मिक भेटघाट भएको हो । भेटघाटका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई भावपूर्ण रूपले ढोग्नुभएको थियो ।
अन्य व्यक्तिहरूसँगको भेटघाटमा पूर्वराजा ज्ञानेन्द्रले परिवर्तित शासनसत्ताको प्रभावबारे परामर्श गर्नुभएको बुझिएको छ ।


