Breaking News.... EverestOnlineKhabar
July 8, 2026

Loading

बीबीसी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागेका छन् । क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् ।

क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको छ । यद्यपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको छ र गलत आरोपका कारण व्यवसायमा असर परेको भन्दै आफ्नो कार्यालय बन्द गरेको घोषणा गरिसकेको छ ।

युरोपेली सांसदका प्रश्नको जवाफ दिँदै जुकरवर्गले फेसबुकका टुल्सलाई हानी पुर्‍याउनका लागि प्रयोग गरिएको बताउँदै खेद प्रकट गरेका थिए । उनको भनाइबाट युरोपेली संसद्का सबै सदस्य सन्तुष्ट नभएको बताइएको छ । केही सांसदहरुको जिज्ञासाको जवाफ जुकरबर्गले नदिएपछि सांसदहरु असन्तुष्ट भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.