Breaking News.... EverestOnlineKhabar
July 8, 2026

भारतको तमिलनाडुमा आन्दोलनकारीमाथि प्रहरीको गोली, ९ जना मारिए

Loading

बीबीसी ।  भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएको छ।   घटनामा  अन्य २० जना घाइते भएका छन्।

 स्थानीय मन्त्री डि जयाकूमारले भने- घटनाबारे बिस्तृत विवरण आइसकेको छैन। सरकारले घटनामा मृत्यु भएका नागरिकका आफन्तलाई राहतको व्यवस्था गर्नुपर्छ र गर्नेछ।

मन्त्री डि जयकूमारका अनुसार करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गर्नु परेको बताए। स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहापाएपछि आन्दोलन शुरु गरेका बताइएको छ।

राज्यको प्रमुख प्रतिपक्षी दल डिएमके पार्टीले स्थानीयको चासोलाई सम्बोधन गर्न असफल भएको भनी सरकारको आलोचना गरे । विपक्षी नेता एम के स्टालिनले सञ्चारकर्मीसँग भने, “जनचासोको बिषयलाई सम्बोधन गर्न खानीलाई बन्द गर्नु पर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.