Breaking News.... EverestOnlineKhabar
July 8, 2026

Loading

बीबीसी । पाकिस्तानको दक्षिणी सहर कराँचीमा तातो हावाको कारण कम्तीमा ६५ जनाको मृत्यु भएको छ । कराँची सहरमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि ६५ व्यक्तिको मृत्यु भएको समाज कल्याण इदही समूहलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

गत तीन दिनयता कराँचीको कोराङ्गी र सोहराब गोथ क्षेत्रबाट एक सय १४ व्यक्तिको शव पाइएको र तीमध्ये ६५ जनाको तातो हावाको कारण मृत्यु भएको पुष्टि भएको बताइएको छ । इदही फाउडेन्सनका प्रमुख फैसल इदहीले मंगलबार जानकारी दिएअनुसार ती क्षेत्रमा अहिले पनि कडा रूपमा तातो हावा चलेको छ।

यसबाट ठूलो संख्याका नागरिक प्रभावित भएका छन् । इदहीका अनुसार तातो हावाको कारण ज्यान गुमाउने आफ्नै घरमा कुनै चिकित्सकीय उपचार बिना बस्ने गरेका स्थानीय नागरिकहरु रहेका छन् । ज्यान गुमाउने सबैभन्दा कम उमेरकामा छ वर्षीय बालकदेखि बढी उमेरकामा ७८ वर्षीया वृद्धसमेत रहेका बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.