Breaking News.... EverestOnlineKhabar
July 8, 2026

उत्तर कोरियासँग वार्ताको सम्भावना ९९ दशमलब ९ प्रतिशत : दक्षिण कोरिया

Loading

बीबीसी । दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताको सम्भावना ९९ दशमलब ९ प्रतिशतसम्म रहेको बताएको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनका प्रमुख सुरक्षा सल्लाहकार चुङ इयु योङले भने,‘हामी उत्तर कोरियाप्रति आशावादी छौँ। हामीलाई लाग्छ आगामी उच्च सम्मेलनको लागि हामी ९९ दशमलब ९ प्रतिशत आशावादी रहेका छौँ।’

उनी मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन्। त्यसअघि सिओलमा सम्वाददाताहरुसँग कुराकानी गर्दै उनले भने,‘केही बिग्रिएको छैन। उत्तर कोरियासँग आगामी दिनमा वार्ता हुन्छ।’

उनले उत्तर कोरियाको अमेरिकासँग पनि वार्ता हुने बताए। ‘हामीले सबै तयारी गरिरहेका छौँ। हाम्रो र उत्तर कोरियाबीचको ‘समिट’ पनि हुन्छ र अमेरिकासँग पनि हुन्छ।’, उनले स्पष्ट पारे।

दुई कोरियाली प्रमुखबीच गएको अप्रिल २७ मा शिखर बैठक बसी युद्ध रोक्ने सहमति भएको थियो। तर हाल सिओलमा जारी रहेको सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले गत बुधबार बस्ने भनिएको बैठक रद्द गरेको थियो। सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ।

उत्तरले उक्त सैन्य अभ्यासको अन्त्य नगरे अमेरिकासँग हुने भनिएको बैठक नगर्ने चेतावनी समेत उत्तर कोरियाले दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा उच्चस्तरीय बैठक हुन लागेको मितिको घोषणा यसअघि नै गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.