Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार तेस्रो खेलमा सहभागिता जनाउँदै छन् । दिल्ली डेयरडेभिल्सले उनलाई मुम्बई इन्डियन्ससँगको खेलमा पनि मैदानमा उतारेको छ ।

दिल्लीको फिरोज शाह कोटला मैदानमा यो दिल्लीको यस सिजनको अन्तिम खेल हो। दिल्ली अंक तालिकाको पुछारमा रहेको छ र प्लेअफ दौडबाट बाहिरिसकेको छ। दिल्लीलाई पराजित गर्न सके मुम्बई प्ले अफमा पुग्ने छ।

सन्दीपले यसअघि अघिल्लो शनिबार दिल्लीकै फिरोज शाह कोटला मैदानमा रोयल च्यालेन्जर्स बेङलोरविरूद्ध ‘डेब्यु’ गरेका थिए। उनले सो क्रममा ४ ओभरमा २५ रनमात्र खर्चेर भारतको प्रतिनिधित्व गरिसकेका पार्थिव पटेलको विकेट लिएपछि विश्वव्यापी चर्चा बटुलेका थिए।

शुक्रबार मात्र उनले महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सविरूद्ध ४ ओभरमा २१ रन खर्चेर सुरेश रैनाको विकेट लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.