Breaking News.... EverestOnlineKhabar
September 2, 2026

कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप नलगाउँदा चारजनाको मृत्यु

Loading

काठमाडौ,जेठ ।
कुकुरले टोकेपछि खोप नलगाउँदा वैशाखमा चारजनाको ज्यान गएको छ । रेबिजका कारण चारजनाको ज्यान गएको हो । कुकुरको टोकाइलाई सामान्य रुपमा लिँदा बिरामीको ज्यान गएको सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिए । कुकुरको टोकाइपछि बिरामी धेरै ढिलो गरी उपचारमा जाँदा जोखिम हुने उनको भनाई छ ।
काठमाडौं उपत्यकासहित धेरै ठाउँमा कुकुरको टोकाइको जोखिम बढेको छ । हरेक वर्ष चैत, वैशाख र जेठ महिनामा कुकुरले टोक्ने जोखिम धेरै हुन्छ । तर छाडा कुकुर व्यवस्थापन र खोपसँगै चेतना अभिवृद्धि नहुँदा जोखिम बढ्दै गएको हो ।
सरकारले रेबिज विरुद्ध निःशुल्क खोपको व्यवस्था गरेको छ । तर बेलाबेला खोपको अभाव हुँदा बिरामी आफैँले खरिद गर्नु पर्ने बाध्यता पनि आउने गरेको छ । कुकुरले टोकेपछि जतिसक्दो छिटो रेबिज विरुद्धको खोप लगाउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.